सरकारले बनाएका नीति तथा योजना कार्यन्वयन गर्नु पहिलो प्राथमिकता
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले सरकारले यसअघि बनाएका नीति तथा योजनालाई कार्यान्वयन गर्नु आफ्नो प्राथमिकता रहेको बताएकी छन् । उनले महिला, बालबालिका तथा जेष्ठ नागरिकले पाउनुपर्ने सरकारको सेवा सुविधालाई छिटो र सहज रुपमा दिलाउने बताईन् । चौधरीले समाजमा रहेका कुरिति अन्त्यका लागि ५ वर्षीय रणनीतिक कार्ययोजना सम्हाल्दै दाइजो प्रथा र बालविवाह अन्त्यका लागि काम गर्ने बताईन् ।
प्रतिक्रिया दिनुहोस्