मुख्य माग र मुद्दाको सम्बोधन जसले गर्दछ त्यसलाई मित्र शक्ति मान्छौँ : मन्त्री भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारीले सरकारले लिएको ‘समृद्ध नेपाल सुखि नेपाली’को आकांक्षा सफल पार्ने बताएका छन् । आफुहरुले उठाएको माग र मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेकाले सहकार्य गर्न सहज भएको बताएका छन्् । ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले पनि मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडी बढाउनेसमेत भण्डारीले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्