काठमाडौं उपत्यका जेठ ३१ गतेसम्म निषेधाज्ञा, किराना पसल बिहान ९ बजेसम्म खुला काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जेठ २१ गतेबाट अत्यावश्यक खाद्यसामग्रीका पसलहरु बिहान ९ बजेसम्म खुला गर्ने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । त्यस्तै, अत्यावश्यक ढुवानीका साधन राति ९ बजेदेखि बिहान ११ बजेसम्म चल्न पाउने निर्णय भएको छ । सार्वजनिक सवारी साधन भने जेठ ३१ गतेसम्म सञ्चालन गर्न नपाइने भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्