कोही भोकले मर्नै आट्यो वा खाद्यान्न किन्न पाइएन भने १०३ मा फोन गर्नु काठमाडौं जिल्ला प्रमुख कालीप्रसाद पराजुलीले निषेधाज्ञामा समस्या परे सम्बन्धित वडा तथा नगरपालिका अथवा नेपाल प्रहरीको १०३ नम्बरमा सम्पर्क राख्न आग्रह गरेका छन् । भोकले मर्ने स्थिति आएमा प्रशासनले खाद्य संस्थान र साल्ट्र ट्रेडिङमार्फत् खाद्यान्न व्यवस्था गर्ने पराजुलीले बताए । संक्रमणको दर बढेकोले निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको भन्दै सर्वसाधारणलाई दुःख दिने मनशायले नभएकासमेत उनले स्पष्ट पारे ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्