३ हप्ता चाही हाम्रा लागि निकै कठिन पुर्ण छ, स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आग्रह
कोभिड १९ को दोश्रो लहर पहिलेको तुलनामा बढी जोखिम भएकाले आगामी ३ साता स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्न डा. रविन्द्र पाण्डेले आग्रह गरेका छन् । कोभिड निमोनिया र अधिकांशलाई अक्सिजनको कमि हुने लक्षण देखिएको छ । परीक्षणमा ३५ प्रतिशतमा पोजेटिभ देखिएको छ । महामारी समुन्द्रको छाल जस्तो उच्चविन्दुमा पुगेपछि क्रमैसंग तल झर्दै जाने भएकाले विशेष सचेत हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्
