बालाजु बाइसधारामा प्रवेश रोक हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधारा मेला कोभिड–१९ संक्रमणका कारण यस वर्ष पनि स्थगन भएको छ। मेला कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि स्थगन गरिएको हो। आज भक्तजनहरु पूजाका लागि पुगेको भएपनि उद्यानमा प्रवेश रोक लगाइएको छ। दर्शनार्थीहरु उद्यान बाहिरैबाट पूजाआजा गरिरहेका छन्। आजको दिन बाइसधारामा स्नान गरी दिवङ्गत आफन्तका नाममा बत्ती बाल्ने परम्परा रही आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्