प्रचण्डजीले मलाई प्रस्ताव गर्नुभएको थियो, मैलै रामचन्द्रजीलाई छाडिदिएँः माधव नेपाल काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना नरहेको बताएका छन्। बिहीबार राष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि सञ्चारकर्मीसंग कुरा गर्दै जनताबाट निर्वाचित भएका नेताहरु आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिनेमा आफू विश्वस्त रहेको बताए । नेताहरुले मूल्य र मान्यता, नैतिकताको राजनीति गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्