जनताको भावनालाई उचित ढंगले सम्वोधन गर्नुपर्छ: माधव नेपाल काठमाडौँ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि विदेशी राष्ट्रहरुसँग कुनै अनुचित सम्झौता नहोस् भन्ने कुरामा सरकारलाई सजग गराउँदै आएको बताएका छन्।आइतबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग गरेको छलफलका क्रममा पछिल्लो समय चर्चामा रहेको अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे आफूले सुरुदेखि नै चासो राखेको भन्दै अध्यक्ष नेपालले राष्ट्रियता मुद्दाको सवालमा आफूहरु संवेदनशील रहेको स्पष्ट पारेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्