स्थानीय चुनाव निर्दलीय रुपमा निर्वाचन गर्ने हो की : कमल थापा काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा पैसाको ठूलो चलखेल भएको दाबी गरेका छन्।हेटौंडा–६ स्थित वंशगोपाल उच्च माविको मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस विषयलाई गम्भीर रूपमा लिएर निराकरणको लागि बहस हुनुपर्ने पनि माग राखेका हुन्।उनले स्थानीय चुनाव निर्दलीय रूपमा गर्न उपर्युक्त हुने भएको भन्दै त्यसमा विशेष बहस हुनुपर्ने पनि बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्