मतदानपछि सिर्जना सिंहले भनिन्, नेपाली काँग्रेसले मात्रै देशमा समृद्धि ल्याउँछ काठमाडाैं।काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफू जित्नेमा ढुक्क रहेको बताएकी छन्।सत्ता गठबन्धनको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गरेकी हुन्। मतदान गरेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले काठमाडौंलाई व्यापारिक केन्द्र बनाउने बताइन्।मेयरकी उम्मेदवार सिंहले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै जितपछि काठमाडौंका हरेक समस्या समाधान गर्ने बताइन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्