बालेनप्रति केशव स्थापितको टिप्पणी- त्यो फुच्चे त अन्तर्राष्ट्रिय ठग रहेछ काठमाडौं। काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका छन्। आज आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थापितले सो टिप्पणी गरेका हुन्। उनले भने, ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ। हिजो टिकटक हेरेको त मधेसतिरको साह रहेछ। सुरुवातमै ठग कुरा गर्ने? दर्तावाल ठग रहेछ।मधेसको मान्छे भनेर आउने आँट गर्नुपर्दैन?’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्