बालेनलाई लौरो, पौडेलले पाए भुइँकटहर काठमाडौं। निर्वाचन आयोगले शनिबार निर्वाचन चिह्न वितरण गरेको छ। काठमाडौं महानगरपालिकामा मेयरको लागि उम्मेदवारी दिएका बालेन शाह र पोखरा महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले लौरो चुनाव चिह्न पाएका छन्। त्यस्तै, भरतपुर महानगरपालिकाका उम्मेदवार जगन्नाथ पौडेलले भूइँकटहर, विराटनगर महानगरपालिकामा मेयरको स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले लालटिन र धनगढी उपमहानगरपालिका स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले आँप चुनाव चिह्न पाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्