एमाले सरकारबाट हटेपछि कसैले ‘समृद्ध नेपाल’ भन्ने आँट गर्न सकेनन् : केपी ओली काठमाडौं, २० जेठ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गर्न नसकेको बताएका छन्। शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनले कुनै व्यक्ति नभई सिंगो समाजलाई माथि उठाउनका लागि आफूहरूले समृद्धिको एजेन्डालाई अघि बढाएको तर्क गरे। छिटो विकास गर्नका लागि आफूहरूले समृद्धिको एजेन्डालाई अघि बढाएको उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्