प्रधानमन्त्रीले ‘अखण्ड भारत’ को नयाँ नक्सा सच्याऊ भन्न सक्नुपर्छः केपी ओली काठमाडौं, १६ जेठ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा राख्नु उचित नभएको बताएका छन्। भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने कुरा सुनिएको भन्दै उनले यदि त्यस्तो हो भने उचित नहुने बताएका हुन्।ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा उक्त नक्साको विषयमा छलफल हुनुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्