ओलीको आक्रोशः संसद्मा तथ्यहीन बोल्नु राष्ट्रद्रोह हो, संसद अवरुद्ध हुनैपर्छ काठमाडौँ, १२ जेठ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु विरुद्ध चौतर्फी घेराबन्दी भइरहेको बताएका छन्। शरणार्थी प्रकरणको बाढी एमालेतिर खन्याउन खोजिएको उनको दाबी छ। पछिल्लो पटक संसदमै पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा सुनको साटो पित्तल राखेको भन्नु गैरजिम्मेवारीको हद भएको उनले बताए।स्थानीय तहका जनप्रतिनिधिहरुको प्रशिक्षणमा ओलीले भुटानी शरणार्थी प्रकरण एमालेले नै चलाएको जसरी प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्