सरकारको नीति तथा कार्यक्रम दिशाहीन र अन्योलग्रस्त, स्वीकार्य छैनः केपी ओली काठमाडौं, ६ जेठ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम गन्तव्यहीन भएको भन्दै यसलाई समर्थन गर्न नसकिने बताएका छन्। शनिबार संसद् भवन नयाँबानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रममा बहुवर्षीय योजनालाई समेट्न नसकेको र आगामी दिशा समेत देखाउन नसकेको बताए। ओलीले सांसदहरूलाई सरकारले संसदमा प्रस्तुत गरेको कार्यक्रमको विरोध गर्न निर्देशन समेत दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्