निर्दोषलाई दोषी बनाउने अपराध हुन दिँदैनौं : केपी ओली काठमाडौं, २८ वैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेहरु कारबाहीको दायरामा आउनुपर्ने बताएका छन्। बिहीवारबाट सुरु भएको पार्टीको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने भन्ने चलखेल भइरहेको जनाए। ‘हामी हेरिरहेका छौँ, कसलाई फसाउने भन्ने प्रयास पनि भइरहेको छ,’उनले भने,‘एमालेविरुद्ध निराधार प्रकाशन, अभिव्यक्ति आएका छन्। भ्रष्टाचारविरुद्धमा बोल्नेहरुको मुख थुन्ने काम भइरहेको आरोप उनको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्