टोपबहादुर जी मेरो सम्पर्कमा हुनुहुन्न, उहाँलाई नै सोध्नूः केपी ओली काठमाडौं, २३ बैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नभएको दाबी गरेका छन्। शनिबार प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा भेट गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई जोगाउन भूमिका खेलेको भन्ने विषयमा जवाफ दिँदै ओलीले केही घुस र बेइमानीमा भर पर्ने मान्छेहरुले हल्ला चलाएको दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्