रायमाझीबारे ओलीले प्रधानमन्त्रीलाई भने, निर्दोष फाउन खोजे सहदैनौँ काठमाडौं, २१ वैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताएका छन्। बिहीवार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरागर्दै उनले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भएपनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी भएको जनाए। ‘निर्दोष पर्नु हुँदैन,दोषी उम्किनु हुँदैन।दोषी उम्काउने हाम्रो प्रयास हुँदैन।निर्दोष फसाउन खोजे हामी सहँदैनौँ,’ओलीले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्