प्रथम महिला राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण : केपी ओली काठमाडौं, २४ फागुन। नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको बताएका छन्।भण्डारीको उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित गरिएको उल्लेख गर्दै उनले यस्तो भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरुको लागि गर्वको विषय भएको जनाए।बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुुनु सामान्य विषय नभएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्