८ दल बालुवाटारमा चिया खान मात्रै गएका हुन, भोट हाल्दैनन्ः केपी ओली काठमाडौं। एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो दलको उम्मेदवारी दाउपेच नभएको बताएका छन्।राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले आफ्नो दलको उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने दाबी गरे। राष्ट्रिय हित, संविधानको रक्षा र सही कार्यान्वयन, प्रणालीको रक्षा र सफल प्रयोग र प्रवर्द्धनका लागि अनुभवी, कानुनवेत्ता र सभामुख भइसकेका नेम्वाङलाई अघि सारेको उनले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्