सर्वोच्चले प्रक्रियागत त्रुटीलाई देखाएर रविमाथि अन्याय गरेको छ: केपी ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि संसदमा प्रश्न उठाएका छन्। यो फैसलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको उनले बताए।प्रतिनिधिसभाको आइतबारकाे बैठकमा विशेष समय लिएर बोलेका ओलीले सर्वोच्च अदालतलाई सम्मान गर्ने र त्यसअनुसार यो फैसलालाई पनि मानेर कार्यान्वयन गर्ने बताए। तर यो फैसलाले आफ्नो मनमा केही प्रश्न आएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्