बिर्सेर चिन्ता चुनावी, मस्तीमा केपी ओली काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंसिर ४ गते हुने संसदीय चुनावका लागि पार्टीको घोषणा पत्र लेख्न ललितपुरको लाकुरीभञ्ज्याङ पुगेका छन्। शनिबार उनी एमालेका केही नेताहरूसहित लाकुरीभञ्ज्याङको एउटा रिसोर्टमा पुगेका हुन्। ओलीले त्यहाँ घोषणा पत्र तयारीका क्रममा प्राप्त सुझावहरूको अध्ययन, विश्लेषण र मस्यौदा लेखनको काम गरेको उनको सचिवालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्