पूर्वअर्थमन्त्रीबारे छानबिन समितिको तथ्यहीन रिपोर्ट मान्य छैन : केपी शर्मा ओली काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानवीन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताएका छन्।समितिको सो प्रतिवेदन सत्य नभएको र तथ्यमा आधारित पनि नरहेकाले त्यसलाई मान्न नसकिने उनको भनाइ रहेको छ।यसैगरि उनले सत्तारुढ गठबन्धनकै बहुमतले तयार पारेर ल्याइएको सो प्रतिवेदनलाई नेपाली जनताले पनि अस्विकार गर्नुपर्ने तर्क गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्