अग्रजहरुले देखाएको बाटोबाट अलिकति पनि विचलित हुनेछैनौं: ओली काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले दिएको योगदानको प्रेरणा लिएर आज यो ठाउँमा आइपुगेको बताएका छन्।४४औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना भएको कार्यक्रममा उनले पुष्पलालले देखाएको सत्कर्मकै कारण एमाले आज यस स्थानमा आइपुगेको पनि बताए।उनले पुष्पलालले पुर्‍याएको योगदानकै कारण आज सचेत सङ्गठित,विस्तृत परिवर्तनकारी सबैभन्दा सबल शक्तिका रुपमा एमाले रहेको दाबी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्