काँग्रेसले भीमदत्त पन्तलाई शहीद मानेन, किनभने उसैले टाउको कटाएको थियो: ओली काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सखी नेपालीु बनाएर छोड्ने घोषणा गरेका छन्।शनिबार पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले अहिले पनि देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको दाबी गरेका छन्।उनले नेपाली का‌ग्रेसले प्रजातान्त्रिक लडाइँमा सहिद भएकाहरुलाई उचित सम्मान दिन नसकेको आरोपसमेत लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्