मानव अधिकार मेरो आदर्श, यसैमा छ शान्ति र हर्ष : केपी ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो लडाईं सधैं मानवअधिकारका पक्षमा रहेको बताएका छन् । मानवअधिकार एलायन्स स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले मानवअधिकार आफ्नो जागीर, एक कार्यकालको नियुक्ति नभएर आदर्श, गन्तव्य, उद्देश्य र निष्ठा भएको बताए । आफूहरुले कहिल्यै मानवअधिकारको उल्लंघन नगरेको र कसैले मानवअधिकार उल्लङ्घनकर्ता ठान्छ भने त्यो भुल हुने ओलीको भनाइ छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्