धाँधली हुनसक्छ, बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन : ओली काठमाडौं। एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धाँधली हुनसक्ने जिकिर गरेका छन्। पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन नहुने बताएका छन्। उनले भने एमाले शान्तिको पक्षमा रहेको र शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा रहेको उल्लेख गर्दै ओलीले नतिजा नआएसम्म नेता कार्यकर्ताले आँखा झिमिक्क समेत गर्न नहुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्