आगामी निर्वाचनबाट हामी सरकार बनाउन चाहन्छौं: ओली काठमाडौं।स्थानीय तह निर्वाचनकालागि नेकपा एमालेले शुक्रवार घोषणा पत्र सार्वजनिक गरेको छ।च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्।७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिँदै आएको विशेष भत्ता वार्षिक १२ हजारबाट १८ हजार पुर्‍याउने समेत प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।यो संगै केपी ओलीले आफ्नो पार्टी भत्ता दिने पहिलो पाटीै रहेको पनि बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्