पूर्वप्रधानमन्त्री ओली विश्व स्काउटको ‘मेधावी योगदान’ पदकबाट विभूषित काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विश्व स्काउट एशिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिने ‘मेधावी योगदान’ उच्च पदकबाट विभूषित भएका छन्। काठमाडौंमा विहीबार आयोजित एक विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पदकबाट विभूषित गरेकी हुन्। ओलीले नेपाल स्काउटलाई सातै प्रदेश र ७५३ स्थानीय तहमा पुर्याउन संरक्षकको हैसियतले अतुलनीय योगदान गरेको नेपाल स्काउटले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्