देश समृद्धिका लागि एमालेले बहुमत ल्याउनैपर्छ : केपी ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरेका छन्। मंगलबार काठमाडौंमा पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने भन्दै तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। मधेशले समृद्धि खोजेको उल्लेख गर्दै उनले सो काम एमालेले मात्रै पूरा गरेर देखाउने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्