होमस्टेले फेरिएको बोटे समुदायको कथा नवलपुर अमलटारीका बोटे समुदायको जीवन केही वर्षअघिसम्म निकै कष्टकर थियो।दिनभरी माछा मार्ने र त्यही बेचेर आएको केही रुपैयाँले जेनतेन जीवन गुजारा हुन्थ्यो। अशिक्षा, बेरोजगार र गरिबीले आक्रान्त थियो बोटे बस्ती। तर, तीन वर्षअघि केही बोटे महिलाहरुको अग्रसरतामा होमस्टे सञ्चालन शुरु गरियो। यसले त्यो समुदायको आम्दानी र अवस्था दुबै फेरिन थालेको छ। होमस्टे सञ्चालनपछि बोटे समुदायमा खुसीयाली छाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्