जुम्लामा बिहानैदेखि हिमपात, किसान खुसी काठमाडौं, १८ माघ। जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ। हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो। सदरमुकाम खलङ्गासहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ। ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन्। माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्