सिरियालाई हराउँदै इरान एसियन कपको क्वार्टरफाइनलमा काठमाडौं, १८ माघ। इरानले सिरियालाई टाइब्रेकरमा पराजित गर्दै एसियन कपको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । इरान दस खेलाडीमा सीमित रहेर यो जित निकाल्न सफल भएको हो।संघर्षपूर्ण १ सय २० मिनेटको खेल १–१ को बराबरीमा रहेको थियो । त्यसपछिको पेनाल्टी सुटआउटमा इरान ५–३ ले विजयी रह्यो । इरानका लागि गोलरक्षक एलिरेजना बेराभान्डले एक प्रहार जोगाए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्