३ दिनमै बैंकिङ प्रणालीबाट ७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक काठमाडौं, १८ माघ। बैंकिङ प्रणालीमा अपधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब तरलता खिच्ने भएको छ। बुधबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत ३० अर्ब तरलता खिचेको केन्द्रीय बैंकले बिहीबार थप २० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो। बिहीबार २० अर्बको निक्षेप संकलन उपकरण परिपक्व हुँदै छ। त्यसलाई पुनः निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्