अल्भारेजको दुई गोलमा सिटीको सहज जित काठमाडौं, १८ माघ। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानेचस्टर सिटी विजयी भएको छ। बुधबार राति घरेलु इतिहाद स्टेडियममा भएको खेलमा सिटीले बर्नलेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। खेलमा सिटीलाई जिताउन जुलियन अल्भारेजले २ गोल गर्दा रोड्रीले १ गोल थपेका थिए। अमेन अल दखिलले बर्नलेका लागि १ गोल फर्काए।जितसँगै सिटी ४६ अंकका साथ दोस्रो स्थानमा छभने बर्नले पुछारबाट दोस्रो स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्