सरकार सदैव अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ : प्रधानमन्त्री काठमाडौं, १७ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र र नागरिक अधिकारलाई सर्वोपरि राखेको वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सदैव सुरक्षित गर्ने दाबी गरेका छन्। नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सवको उपलक्ष्यमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले आफूले नियन्त्रण र निर्देशनमा होइन,निर्विकल्प लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने दाबी गरे। प्रधानमन्त्रीले आफ्ना उत्पादन र प्रसारणलाई नयाँ प्रविधितर्फ व्यापकरूपमा स्थापित गर्न ढिला नगर्न नेपाल टेलिभिनलाई आग्रह गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्