सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? काठमाडौं, १५ माघ। नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो।महासंघका अनुसार सोमबार छापावाल सुन एकलाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एकलाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।आइतबार छापावाल सुन एकलाख १८ हजार रुपैयाँ र तेजाबी सुन एकलाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्