२२ ठेकेदार कम्पनी परे कालोसूचीमा काठमाडौं, १५ माघ। सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै पटक २२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी २२ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो।चारवटा कम्पानीलाई तीन वर्ष, एउटालाई साढे दुईवर्ष, चारवटालाई दुई वर्ष, पाँचवटालाई डेढवर्ष र बाँकी आठवटा कम्पनीलाई एकवर्ष कालोसूचीमा राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्