आईसीसीले श्रीलंकामाथि लगाएको निलम्बन हटायो काठमाडौं, १५ माघ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले गत नोभेम्बरमा श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको निलम्बन हटाएको छ। आइतबार बसेको बोर्ड बैठकले तत्काल लागु हुनेगरी निलम्बन हटाएको हो। सन् २०२३ को विश्वकपमा भारतसँगको लज्जास्पद हारपछि श्रीलंकाका खेलकुदमन्त्री रोशन रानासिङ्घेले श्रीलंका क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए। श्रीलंका क्रिकेट बोर्ड प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्