उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने काठमाडौं, १५ माघ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज (सोमबार) बिहानसम्म देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको छ।विभागकाअनुसार सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्