मालदिभ्सको संसदमा सत्ता पक्ष र प्रतिपक्षीबीच झडप काठमाडौं, १५ माघ। मालदिभ्सको संसदमा झडप भएको छ। विपक्षी र सत्तापक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइतेसमेत भएका छन्। चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी(एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो।यो विवाद यति धेरै बढ्यो कि सत्तापक्ष र प्रतिपक्षीबीच हात हालाहाल नै भयो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्