प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा विरोध प्रदर्शन काठमाडौं, १४ माघ।प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा विरोध प्रदर्शन भएको छ। हुथी वरिष्ठ अधिकारीहरूमाथि अमेरिकी–ब्रिटिश प्रतिबन्धहरू अस्वीकार गर्दै र उत्तरी यमनमा हवाई आक्रमणको निन्दा गर्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। सहभागीहरूले प्यालेस्टिनी–यमनी झण्डा फहराएका थिए। हुथी नेताहरूको तस्बिरसहितका प्लेकार्ड बोकेका थिए भने अमेरिका र इजरायलविरुद्ध नारा लगाएका थिए। एक प्रदर्शनकारी हातम अल–महाकरीले गाजाका उत्पीडित जनताको साथमा उभिन आफूहरूले आन्दोलन गर्नुपरेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्