स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाइन्छ : प्रधानमन्त्री काठमाडौं, १४ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याइने बताएका छन्। आइतबार बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बिमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्नेमा जोड दिए।प्रतिष्ठानका कुलपतिसमेत रहेका ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्