दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान काठमाडौं, १४ माघ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ। आज एक सूचना प्रकाशित गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको हो। ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। सूचना प्रकाशित भएको मितिले सातौँ दिनसम्म रितपूर्वक आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्