काठमाडौंमा आज यस वर्षकै बढी जाडो काठमाडौं, १४ माघ। काठमाडौं उपत्यकामा यो हिउँद अवधिमा अहिलेसम्मकै बढी जाडो महसुस भएको छ। आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ। आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २.२ रेकर्ड भएको छ। यो वर्षमा यो अहिलेसम्मकै कम रेकर्ड हो। गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्