काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु काठमाडौं, १२ माघ। काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। गए राति करिब साढे ११ बजे बनेपा नगरपालिका–७, धनेश्वर पुलमा बा७०प ३७७९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। दुर्घटनामा बनेपा–८ का २३ वर्षीय मोटरसाइकल चालक सरोज श्रेष्ठ घाइते भएका थिए। धुलिखेलस्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्