लक्ष्यअनुसार राजश्व उठ्न नसकेको अर्थमन्त्रीको स्वीकार काठमाडौं, १२ माघ। अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताएका छन्। राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको उनको भनाइ छ। मन्त्री महतले राजश्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्