काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्यो काठमाडौं, १२ माघ। शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ। जुन यो वर्षको हिउँद याममा अहिलेसम्मकै कम तापक्रम मापन हो। शुक्रबार बिहान पौने ६ बजे भने काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्