लुम्बिनीमा माओवादीका झक्कु सुवेदी र कांग्रेसका विष्णकुमारी सापकोटा विजयी काठमाडौं, ११ माघ।लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री,तुलसाकुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए।औपचारिक घोणणा हुन बाँकी रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्